देश

मुस्ताङको थासाङमा थुनिएको बोक्सीखोला बग्न थाल्यो, नौं परिवारलाई सुरक्षित ठाउँमा सारियो

नवलपुर टुडे
२०८१ भदौ ७ | मध्यान्ह ०६:०५ बजे

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित हिम पहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भर्खरैबाट खोला बग्न थालेको ।

हिम पहिरोले बोक्सी खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालयले तलका बस्तीहरूलाई सावधानी अपनाउन सूचना जारी गरेको छ । धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएपछि नौं घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का नौं घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ । 

कमेन्टहरु