देश

रवि लामिछानेले बयानमा भने–गोरखा मिडियाले लिएको ऋण म जिम्मा लिन्नँ

नवलपुर टुडे
२०८१ भदौ ७ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । सहकारी ठगीको आरोमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् ।

आज (शुक्रबार)  समितिमा उपस्थित भएका उनले बयानका क्रममा आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको यसअघिकै दाबीलाई दोहोर्‍याएका छन् । जबकी उनको नाममा बुटवलको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ । बयानमा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा पसिनाको १५ प्रतिशत शेयर लिएको र त्यसैका आधारमा एमडी भएको बताएका छन् ।

उनले गोरखा मिडियाले लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ लामिछानेको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले सुनाए ।
 

कमेन्टहरु