देश

मुस्ताङको थासाङमा हिमपहिरो, थुनियो ‘बोक्सीखोला’

नवलपुर टुडे
२०८१ भदौ ७ | मध्यान्ह ०६:०५ बजे

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरी आईसफलमा हिमपहिरो खस्दा बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एक हिमाली खोला हो । 

हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ । जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार ठाडो खोला थुनिए पनि तल्लो तटीय बस्तीमा उच्च जोखिम छैन ।

तर त्यसक्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले जानकारी दिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको बताए । झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएपछि निरीक्षणका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ ।  

टोलीले ड्रोन क्यामेरा प्रयोग गरेर निरीक्षण गर्दा हिमपहिरो खसेको पाइएको हो ।

कमेन्टहरु