रौतहट प्रहरीले अनुमती बिना कार्यक्रम नगर्न स्थानीयलाई आग्रह


रौतहट । जिल्ला प्रहरी कार्यालय राैतहटले बिहिवार प्रेस बिज्ञप्ति निकालेका छन । राैतहट जिल्लामा बिभिन्न धार्मिक तथा मनाेरजनकाे नाममा जिल्लाका अधिकांश ठाउँमा असलिल गितमा नाच तथा केटीहरूकाे समुहको नामले नाच गराई भईरहेका छन ।
आउन लागेकाे श्री कूष्णजन्मष्ठमिकाे नाममा जिल्लाका अधिकांश हाटबजारमा लाग्न लागेका मेलामा यस्ता कार्यले नाच हेर्न आएका दर्शक र स्थानीय बिच आफ्नो फरमायस गित बजाउनकाे लागि झैझगडा हुने भएकाले बिचमा प्रहरी तथा दर्शक बिच मुडभेट हुदा बिभिन्न समस्या उत्पादन हुदा बिशाल घटना हुन नदिनकाे लागि जिल्ला प्रहरी कार्यालयले प्रेस बिज्ञप्ति निकालेका हुन ।
अनुमति बिना कुनै किसिमको प्राेग्राम आफ्नो गाउँ ठाउँमा आयाेजकले मनोमानी ढंगले गराउदा कुनै घटना भएमा आयोजक जिम्मेवारी हुनेछ । केही दिन अघि माैलापुर बजारमा रक्षाबन्धनकाे नाममा लागेका मेलामा प्रहरी र दर्शक बिच ढुंगामुडा हानाहान भएकाे भिडियो फेसबुकमा सार्वजनिक भएकाे छ ।
जिल्ला प्रहरीले सूचना जारी गर्दै आम जनतालाई जानकारी गराएका छन ।























