देश

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

नवलपुर टुडे
२०८१ भदौ ६ | बिहान ०८:०५ बजे

आइतवार ५ दिने भारत भ्रमणका लागि उनी त्यसतर्फ गएकी थिइन्। आफ्नो भ्रमण सकेर उनी आज नेपाल फर्किन लागेकी हुन्।

भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री राणाले बुधवार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता गरेकी छिन्।

भेटमा दुबै जनाबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् भने सोही दिन आफ्ना  भारतीय समकक्षी विदेशमन्त्री डा.एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन्।

कमेन्टहरु