घटना

घरको भर्‍याङबाट लडी बुलिङटारका बालक अचेत

नवलपुर टुडे
२०८१ भदौ ५ | मध्यान्ह ०९:०५ बजे
सांकेतिक तस्बिर

कावासोती, भाद्र ५ । पुर्वी नवलपरासीमा दुई तले घरको भर्‍याङबाट लडी बालक घाईते भएका छन । घाईते बालकको अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेमा बुलिङटार गाउँपालिका- २ खामबेसी स्थायी घर भई देवचुली नगरपालिका- १६ रजहरस्थित सुनिता बास्ताकोटीको घरमा डेरा गरी बस्ने चन्द्र कुमारी थापाको छोरा बर्ष ५ को दिप्सन सारु रहेका छन ।

बुधबार साझ अन्दाजी ६:२० बजे खेल्ने क्रममा दुई तले पक्की घरको भ-याङबाट लडी घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाईएको छ । उनको टाउकोमा भित्री चोट,अवस्था अचेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिएको छ ।

घटना बारे अन्य थप अनुसन्धान भईरहेको पौडेलले बताए ।

कमेन्टहरु