राष्ट्रिय हरियाली उदेश्यको लागि मधेशी संगठनको उद्घाटन समारोह सम्पन्न


दोहा । “सम्पूर्ण प्राणीको एक आधार स्वच्छ वायु वृक्ष र जलाधार” मूल नाराको साथ स्थापना गरेको राष्ट्रिय हरियाली उदेश्यको लागि मधेशी संगठन” नामक संस्थाको उदघाटन समारोह सम्पन्न भएको छ ।
शुक्रबार सनैयास्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न संस्थाको संयोजक कवि श्री राम अधिन सम्भवको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ कतारको का. वा.अध्यक्ष श्री कृष्ण पन्थीको प्रमूख अतिथ्यता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सल्लाहकार श्रीाषक्ष भरत परियार विश्व शान्ति तथा अध्यात्मिक समाजको उपाध्यक्ष श्री खगेन्द्र कटुवाल नेपाली समाज कतारको अध्यक्ष श्री मनिष यादव ,मधेशी एकता समाज कतारको अध्यक्ष श्री शिव कुमार महतो ,मधेस प्रदेश समन्वय परिषद कतारको उपाध्यक्ष कलाम खान, महोत्तरी सेवा समाजको अध्यक्ष श्री राम हृदय साह मिथिला कला तथा सांस्कृतिक समाज कतारको प्रतिनिधि मनिष गोस्वामी, यादव सेवा समाजको अध्यक्ष श्री जय प्रकाश यादव, बैरिया डरौल समाज सेवा कतारको प्रतिनिधि श्री भूपे राय , मडैय सेवा समाजको अध्यक्ष श्री उपेन्द्र दास, रानी रतबारा समाज कतारको अध्यक्ष श्री राजकरण साह तथा समाजसेवी श्री रामानन्द गुप्ता , जगत लाल मण्डल कवि बिरेन्द्र सिंह कुशवाहा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि समाजका अगुवा, बुद्धिजीवी, व्यापारी, पत्रकार, साहित्यकार लगायतका व्यक्तिहरुको सहभागिता थियो।
प्रमूख अतिथि श्री कृष्णा पन्थीबाट दीप प्रज्वलन तथा ब्यानर अनावरण गरि उदघाटन गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहीदहरुको बलिदानलाई सम्झिदै एक मिनेटको मौन धारण गरिएको थियो। उदघाटन समारोहमा श्री विजय कुमार राउतद्वारा स्वागत मन्तव्य राखिएको थियो भन्ने कवि श्री बिरेन्द्र कुमार सिंह द्वारा पर्यावरण संरक्षण सम्बन्धि एउटा सन्देश मुलक कविता वाचन गरिएको थियो । त्यस लगतै कार्यक्रमको संयोजक श्री राम अधिन सम्भवले यो संस्था स्थापना गरिनुको आवश्यकता औचित्य तथा यसको नामाकरण र संस्थाको लक्ष्य उदेश्य बारे विस्तृत जानकारी राख्नु भएको थियो ।
कार्यक्रममा कुशवाहा सेवा समाजको प्रतिनिधि श्री कमलेश महतोले चुरे उत्खनन बन्द गराउनमा हामी सब एक जुट भएर लाग्नु पर्छ साथै बाताबरण संरक्षणको लागि आफ्नो ज्यान गुमाएका स्वर्गीय दिलिप महतोलाई न्यान दिलाउनु पर्छ भनी विचार राख्नु भयो ।
त्यस्तै इन्जिनियर राजेश यादव वृक्षारोपणको आवश्यकता र महत्वबारे आफ्ना गहकिला विचारहरु राख्नुको साथै आफू पनि वृक्षारोपण गरि त्यसको तस्वीर सांझा गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यसै गरि मधेस प्रदेश समन्वय परिषद कतारको उपाध्यक्ष कलाम खानले आफ्ना धारणा सहित संस्थालाई शुभकामना दिनुभयो । विश्व शान्ति तथा अध्यात्मिक विज्ञान समाज कतारको उपाध्यक्ष श्री खगेन्द्र कटुवालल पर्यावरण तथा योग र अध्यात्मलाई जोडेर आफ्नो प्रेरणादायी विचार राख्नु भयो साथै पर्यावरण सम्बन्धि सानो कविता पनि वाचन गर्नु भएको थियो ।
समारोहमा विशिस्ट अतिथिको रुपमा उपस्थित मधेसी एकता समाज कतारको अध्यक्ष श्री शिव कुमार महतोले रुख मनुष्यको जन्म देखि मृत्यु सम्म चाहिने बस्तु हो भन्दै आफूले दस कट्ठा जमीनमा वृक्षरोपण गरेको कुरा राख्नु भयो । साथै आफू मर्दा जलाउनको लागि मानिसले रुख रोप्नु पर्ने धारणा सहित आफ्ना शुभकामना मन्तव्य राख्नु भयो । संग संगै महोत्तरीको बटेश्वर गाउँपालिकामा रहेको झण्डै ८० बिगहा भन्दा बढी आँपका बोटहरु काटेर सोलर प्लान्ट लगाइने समाचार बारे जानकारी साँझा गर्नु भयो र साथसाथै त्यसको बिरुद्धमा सामूहिक अवाजको लागि अव्हान गर्नुभयो । समारोहमा नेपाली समाज कतारको अध्यक्ष समाजसेवी श्री मनिष यादवले यो संस्था कतारमा रहेका अन्य संस्थाहरु भन्दा बिल्कुल अलग र सबलाई हित हुने प्रेरणादायी संस्था रहेको धारणा राख्नु भयो । कोही एकले वृक्षरोपण गर्यो भने त्यसैलाई देखेर अर्कोले पनि गर्ने गरेको भन्दै उदाहरणको लागि पनि हामी कम्तिमा विदामा गएको बेला वृक्षरोपण गरौ भनी विचार ब्यक्त गर्नु भयो ।
प्रमुख अतिथिको रुपमा उपस्थित गैर आवासीय नेपाली संघ कतारको कार्यबाहक अध्यक्ष श्री कृष्ण पन्थीले आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा यो संस्था कतारमा रहेका अहिले सम्मका सम्पूर्ण संस्थाहरु भन्दा भिन्न प्रवृतिको संस्था रहेको धारणा राख्नुभयो । आजको वैश्विक रुपमा भइरहेको जलवायु परिवर्तनलाई रोख्न हामी सबले आ आफ्ना ठाउँबाट योगदान दिनु पर्ने हो । कतारले पछिल्ला दशकमा कसरी लाखौं रुखहरु रोप्न सफल भएका छन । तर हामी नेपाली रुख काटन तिर नै बढी अग्रसर भयौं अब सच्चिनु पर्ने हुन्छ । यसै क्रमलाई जोड्दै उहाँ बोटबिरुवा तथा प्राण वायु वा भनौं अक्सिजनको सम्बन्धलाई बढो रोचक ढंगले राख्नु भयो। संगै यस राष्ट्रिय हरियाली उदेशको लागि मधेसी संगठनलाई व्यक्तिगत तथा संस्थागत हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
गैर आवासीय नेपाली संघ कतारले कतार फाउन्डेसन तथा अन्य संस्थाहरु संग सहकार्य गरि वृक्षरोपण तथा पर्यावरण सम्बन्धि जुनसुकै कार्य गर्दा यस संस्थालाई प्राथमिकता साथ सम्झिने धारणा राख्नु भयो । हामी नेपाल तथा कतारमा पर्यावरण संरक्षण तथा समवर्धनको लागि यस MANGO संस्थालाई हरेक तवरले साथ सहयोग दिन तयार रहने आश्वासन सहित शुभकामना व्यक्त गर्नु भएको थियो । उदघाटन समारोहको अन्त तिर सभा अध्यक्ष तथा संयोजक श्री राम अधिन सम्भवद्वारा प्रमूख अतिथी श्री कृष्ण पन्थीलाई दोसल्ला ओढाई सम्मान गरिनुको साथै मायाको चिनो प्रदान गरिएको थियो। अन्तमा कार्यक्रमको संयोजक द्वारा श्री विशेश्वर प्रसाद यादवको नेतृत्वमा १५ सदस्यीय कार्य समितिको नाम घोषणा गरिएको थियो । समितिका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुको हाथ बाट टीका खादा लगाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै श्री पवन ठाकुर श्री शिव कुमार महतो तथा श्री राम हृदय साह लाई सल्लाहकारमा मनोनीत गरिएको थियो । श्री प्रदीप कुमार ठाकुर र श्री गंगा प्रसाद यादवको संयुक्त उदघोषण रहेको उदघाटन समारोह सभ्य तथा भव्य रुपमा संचालन भएको थियो। कार्यसमितिको नमावली:- अध्यक्ष : विशेश्वर प्रसाद यादव उपाध्यक्ष प्रथम: प्रदीप कुमार ठाकुर उपाध्यक्ष द्वितीय: लाल बाबू साह सुडी महासचिव : गंगा प्रसाद यादव सचीव प्रथम: राम नाथ नायक सचीव द्वितीय: बिन्देश्वर ठाकुर कोषाध्यक्ष : देवेन्द्र कुमार ठाकुर सह कोषाध्यक्ष: देव साह सदस्यहरु विजय कुमार राउत श्याम साह तेली राम अशिष यादव धर्मेन्द्र प्रसाद गुप्ता मनोज सिंह महतो राजा साह अमर यादव ।























