देश

प्रहरीद्वारा किसानको हरियो तरकारी नष्ट

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०७:०३ बजे

ज्ञानेश्वर साहनी
नवलपरासी /असार १२ । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ कुनवार र वडा नं १७ पट्खाैलीमा प्रहरी चाैकी गाेबरहियाका ईन्चार्ज र प्रहरी जवानद्वारा किशानको हरियो तरकारी नष्ट गरेका छन्।

photo 2021 06 26 19 24 14

स्थानीय किशानले तरकारीको बजार न पाए पछि सामाजिक दुरी कायम गरि बाटोको क्षेउमा हरियो तरकारी बेच्दै आएका थिए।

काेराेना महामारीको दोस्रो लहर कारण पछिल्लो समयदेखि नै ज्यालादारी गरेर एक छाक टार्दै आएका गरिब तथा विपन्न घरपरिवारका स्थानीय किशानहरुलाई लकडाउनका कारण एक छाक टार्न कठिन भएको अवस्था प्रहरिले दमन गरेकाे भन्दै किसानले विरोध गरेका छन्।

photo 2021 06 26 19 24 20

सरकारी कार्यालयमा भिडभाड हुदा, बैंकमा भीडभाडा हुँदा केही नहुने र हामी समाजिक दुरी कायम हरियो सागसब्जी बेच्दा कोरोना सर्ने तर्क दिँदै हामि माथी प्रहरिले दमन गरेको आरोप लगाएका छन्।

photo 2021 06 26 19 24 16

प्रहरीका अनूसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको निर्देशन अनूसार हामीले यस्ताे गरेको आफ्नो डाक छोप गरेको छ।

photo 2021 06 26 19 24 22

पश्चिम् नवलपरासीमा केही दिन देखी निषेदआज्ञा खुकोलो बन्दै गएको छ। बजार नपाएपछि किसानका हरियो सागसब्जीहरु कुहुदै गइरहेका छन् । स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले समेत ध्यान दिन जरुरी देखिन्छ।

कमेन्टहरु