तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धनको अवसर

नवलपुर टुडे
२०८१ भदौ ३ | बिहान १०:०५ बजे

तनहुँ, भदौ ३ । तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धनको अवसर पाएका छन् । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले रक्षा बन्धन लगाइदिएको हो ।
दमौली शाखा सञ्चालिका बह्माकुमारी यमुनालगायतले सोमबार बिहान ९ बजेदेखि रक्षा बन्धन बाँधिरहनु भएको छ । कारागारका महिला र पुरुष दुवैलाई रक्षा बन्धन अवसर प्रदान गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले भन्नुभयो, ‘‘जनैपूर्णिमा मनाउन नपाएर खल्लो नहोस् भन्नका लागि इच्छुक सबैलाई रक्षा बन्धन अवसर प्रदान गरेका छौं ।’’ अधिकारीका अनुसार तनहुँ कारागारमा २७ महिला र बाँकी पुरुष गरी तीन सय २६ जना कैदीबन्दी रहेका छन् ।























