रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

नवलपुर टुडे
२०८१ भदौ २ | बिहान ०८:०५ बजे

काठमाडौ । स्थानीय समयअनुसार आइतबार बिहान रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । रसियन समाचार संस्था तासका अनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ ।
भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए । भने केही परकम्पहरू पनि गएको समाचारमा जनाइएको छ । सीएनएनले भने भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ ।
भूकम्पका कारण कुनै ‘ठूलो क्षति’ भएको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ । यसबारेमा विस्तृत विवरण प्राप्त भइसकेको भने छैन ।


















