दुर्घटना

सप्तरीमा डिजेल बोकेको ट्याङ्कले ठक्कर दिँदा २ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ३२ | मध्यान्ह ०५:०४ बजे

सप्तरी, साउन ३२ । सप्तरीमा ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहतोको मृत्यु भएको हो ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा  दुईजनाको मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् ।

 
 

कमेन्टहरु