दुर्घटना

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको सनाखत

नवलपुर टुडे
२०८१ साउन ३२ | बिहान १०:०४ बजे

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका करिब ४५ वर्षीय उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए । कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

कमेन्टहरु