खेलकुद

बडिमालिका माविमा वि.व्य.स. अध्यक्ष कप तथा भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न

उमेश रोकाया
२०८१ साउन ३२ | बिहान ०६:०४ बजे

बाजुरा । बडिमालिका माध्यमिक विद्यालयमा महादेव जनरल स्टोर आयोजना बिद्यालय व्यवस्था समिति अध्यक्ष कप तथा भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिद्यालयमा सोमबार एक औपचारिकता बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कप सञ्चालन गरिएको छ । सोही बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महादेव जनरल स्टोर प्रबन्धक तिलक रोकायाको आयोजनामा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कप भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ।

बिद्यालयमा भलिबल प्रतिस्पर्धा विद्यार्थी, शिक्षक र बिद्यालय व्यवस्थापन समिति सदस्य टिम बनाउन भलिबल खेल रोचक प्रतिस्पर्धा भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताएका छन। बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कप भलिबल प्रतियोगिता शिक्षक, विद्यार्थी २ टिम र बिद्यालय व्यवस्थापन समिति सदस्य सहित ४ वटा टिमहरुको खेलाडी सहभागी भएका हुन।

प्रथम स्थान हासिल गर्ने विद्यार्थी ‘ए’ टिम खेलाडी बोको पुरस्कार दृतिय स्थानमा शिक्षक खेलाडीलाई भाले पुरस्कार तृतीय स्थान हासिल गर्नेलाई बोइलर कुखुरा सान्त्वना आउने खेलाडी टिमहरुलाई फुरिटी पुरस्कार दिएर हौसला प्रदान गरिएको कार्यक्रम संचालक नहकुल जोशीले बताए। खेलाडी खेल क्षेत्रलाई हौसला दिदै आगामी बिद्यालय भाइबहिनी खेल क्षेत्र मात्र नभई पढाई क्षेत्रमा पनि उज्ज्वल भविष्य कामना दिएका छन।

बिद्यालय क्षेत्र राम्रो बनाउन हाम्रो त्यतिकै जिम्मेवारी रहेकोे शि.अ.सं अध्यक्ष नन्दसिङ रोकायाले बताए। कार्यक्रम समापन गर्दै बिद्यालय आफ्नो कार्यकाल विभिन्न कार्यक्रम विद्यार्थी चौतर्फी विकास गर्ने लागेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताए।

आफ्नो कार्यकालको अर्धवार्षिक परिक्षा भएको छ। आफ्नो ३ वर्ष कार्य अवधिमा ए पल्स ल्याउने बिद्यालय केही रुपान्तरण गर्नका लागी काम गरिरहेको अध्यक्ष रोकायाले बताए। बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कप भलिबल प्रतियोगिता कार्यक्रम अध्यक्ष बडिमालिका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महादेव जनरल स्टोर प्रबन्धक तिलक रोकाया, प्रमुख अतिथि पुर्ण रोकाया, विशिष्ट अतिथि नन्दसिंह रोकाया लगायत बिद्यालय समिति सदस्य, शिक्षक, विद्यार्थी र अभिभावक लगायत उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कप तथा भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको बिद्यालय प्रधानाध्यापक दिपक पाण्डेले बताए।

कमेन्टहरु