पत्रकार थर्काउदै गौर अस्पतालका अध्यक्ष हासमी


राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति, बिकृति, अनियमितता र भ्रष्टाचार बारे लेख्ने मुद्वा हाल्छु लगायतका धम्की दिरहेका छन । रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका धम्की लगाएर अध्यक्ष हासमीले आफु माथि लागेको भ्रष्टाचार जन्य आरोपबाट पन्छिन खाेजेको पत्रकारहरुको दाबी छ ।
अस्पताल बिकास समितीको सदस्यहरुको सहमति बिना अध्यक्ष हासमीले आफु खुशि मनपरी निर्णय गरि प्रादेशिक अस्पतालमा भ्रष्टाचार, अनियमितता र मनमौजी गरेपछि समाचार सम्प्रेषणमा उत्रिएका पत्रकारहरु माथि मुद्दा लगाउन धम्की दिन थालेका हुन् ।
भिडिओ एक्सरे, ईसिजी, फिजियो थेरापी सेवा निजि स्वार्थ र कमिशनका कारण जानी -जानी बन्द गरि निजि अस्पताल पठाउने गैर- कानुनी कार्य जारी रहेका कारण गरिब बिरामीलाई चर्को शुल्क तिर्न बाध्य भई रहेका छन भने रकम आभावका कारण कतिपय उपचारबाट बन्चित समेत भई रहेका छन् ।
स्थानीय जानकारहरुका अनुसार अस्पतालमा खरिद गरिएको शव गृहको फ्रीजदेखि विभिन्न उपकरण खरिदमा ठुलो भ्रष्टाचार भएको हो । भवन मर्मत , नयां निर्माण, टाईल्स -मार्बल फिटिङ्ग, रङगरोगन, औषधी खरिद, न्यानो झोला खरिद लगायतको काममा गोप्य टेन्डर गरि अनियमितता भएको आरोप छ ।
मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर कार्यालय समयमा अस्पतालकाे अवासमा समय बिताउने, कदम्कदाचित आई हाले पनि बिरामी नहेरी बढि गफ गर्नमा मस्त रहने गरेको आरोप लाग्ने गरेका छन।
ईमरजेन्सि फाटमा डाक्टर बस्दैनन ,अस्पतालको चर्पि ,धारा लगायत फ़ोहोर नै फ़ोहोर छ । पानीको राम्रो प्रबन्ध छैन, स्विपर लगायतले आफ्नो काम नगरि घर मै सुतेर तलब बुझ्ने स्थानीय समाजसेवी निशान्त सिंहको गुनासो छ।
आफुले गरेको भ्रष्टाचार र अनियमितता उजागर हुन थालेपछि प्रदेश सरकारले आफुलाई कारबाही गर्ने डरले त्रसित अध्यक्ष हासमी विभिन्न लोभ देखाई पत्रकारको मुख बन्द गर्ने प्रयास गरेको नाम उल्लेख नगर्ने शर्तमा एक पत्रकारले बताए ।
सो प्रयास बिफल भएपछि अध्यक्ष हासमीले पत्रकारलाई थर्काउन ,डराउन सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन ।
हासमीले नेपाल पत्रकार महासंघका स-सचिब संजय सहनी ,मध्यान रास्ट्रीय दैनिकका रौतहट प्रतिनिधि सतेन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादवलाई रौतहट प्रहरीले छलफलमा बोलाएपछि उजुरी बारे पोल खोलेको हो। छ्लफलको सामना गर्दै रौतहटको पत्रकारहरुले यथार्थ कुरा लेख्ने पत्रकार माथि परेको उजुरीले आफुहरु न डराउने र अस्पतालमा देखिएको भ्रष्टाचार बेतिथिको बारे शस्क्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अर्को तिर अस्पतालमा भ्रष्टाचार नभएकोले अस्पतालमा भएको अनियमितताको बारे कलम चलाउनेलाई नछाड्ने धम्कि दिदै अध्यक्ष हासमीले पत्रकार माथि ठुलो मुद्दा र उजुरी दिने भनेर थर्काउदै छ्लफल बाट बाहिरिएका थिए।
यो विषयमा अर्को मितिमा छलफल हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यश बिषयमा प्रादेशिक अस्पताल गाैरका अध्यक्ष हासमीले आफु उपरको आरोपमा सत्यता नरहेको दावी गर्दै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट काे जिम्मेवारीमा डा. ठाकुर आएपछि निकै सुधार भएको समेत उनले बताए ।























