लुम्बिनी प्रदेश

सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीद्वारा बोर्डर आउट पोष्ट गुठी प्रसौनीको नवनिर्मित भवनको उद्धघाटन

नवलपुर टुडे
२०८१ साउन २९ | मध्यान्ह ०७:०४ बजे

परासी । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीद्वारा उद्धघाटन गरिएको हो ।

नेपाल भारत सिमा नजिकै प्रतापपुर गाउँपालिका- ६ गुठी प्रसौनीमा निर्माण गरिएको नवनिर्मित भवनको एक समारोह बीच उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले शान्ति सुरक्षा प्रवद्र्धन र नागरिकको सेवाका लागि शसस्त्र प्रहरीले काम गरिरहेको बताए । २०६५ साल पुस २९ गते प्रतापपुर गाउँपालिका- ६ गुठी प्रसौनीमा अवस्थित छोटी भन्सार कार्यालयको पुरानो भवनमा सीमा सुरक्षा पोष्टको स्थापना गरेको हो ।

photo 2024 08 13 19 19 59

२०७० सालमा असार ७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको दरबन्दीसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको नाममा स्विकृत भई स्थाई बिओपिको रुपमा कार्य संचालन गर्दै आएपछि २०७१ साल साउन ५ गते भन्सार कार्यालयको करिब ३ सय मिटर उत्तर तर्फ करिब ४ बिगहाको क्षेत्रफलमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको आफ्नै भौतिक संरचना निर्माण गर्ने निति अनुरुप सशस्त्र प्रहरीबाट १ करोड र लुम्बिनी प्रदेश सरकारबाट ४० लाखको अनुदानको लागतमा निर्माण सम्पन्न गरी उद्घाटन गरिएको सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले बताए।

photo 2024 08 13 19 19 50

भवन उद्धघाटन कार्यक्रममा ससस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक विश्व कुमार भट्टराई, सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्ले, प्रहरी उपरिक्षक ज्ञानेन्द्र फ्युाल, नेपाली सेना गोरखदल गण परासीका गणपति प्रमुख सेनानी प्रणय जंग मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख उप-अनुसन्धान निर्देशक विमल घिमिरे, वडाध्यक्ष केशव प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु