मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
महिला संजाललाई युपिआर सिड, जलवायू न्याय अपाङ्गता सामाजिक समावेशीकरण र प्रमाणमा आधारित वकालत सम्बन्धि तालिम


बाजुरा, श्रावण २९। पालिका स्तरीय महिला संजाललाई युपिआर सिड, जलवायू न्याय अपाङ्गता सामाजिक समावेशीकरण र प्रमाणमा आधारित वकालत सम्बन्धि एकदिने तालिम सम्पन्न गरिएको छ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल नेपाल जिल्ला हलिया मुक्त समाज आयोजना लुथरन सामुदायिक कल्याण समाज सहयोगमा पालिका स्तरीय महिला संजाललाई युपिआर सिड, जलवायू न्याय अपाङ्गता सामाजिक समावेशीकरण र प्रमाणमा आधारित वकालत सम्बन्धि एकदिने तालिम गरिएको छ।
स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत सीमान्तकृत समुदाय र सामाजिक वहिष्कृत जनसंख्याको सशक्तीकरण एलटुजी परियोजना हिमाली गाउँपालिकामा पालिका स्तरीय कार्यक्रम सञ्चालन गरिएको छ। पालिका भित्रका महिला संजाल र अपांग भएका व्यक्तिहरुका क्षमता विकास संगै जनचेतनामूलक कार्यक्रम गरेको छ। महिला हक अधिकार बिषयलाई सकारात्मक बनाउन तालीम दिएको छ। अपाङ्ग भएका व्यक्तिलाई सशक्तीकरण बनाउनेका लागि यो तालिम सञ्चालन गरिएको छ।
पालिका स्तरीय महिला संजाल अध्यक्ष नानी ल्वारको अध्यक्षतामा तालिम सञ्चालन गरिएको छ। प्रमुख अतिथि हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की अतिथि मुक्त हलिया समाज पालिका स्तरीय अध्यक्ष रुपचन्द्र सार्की, कार्यक्रम प्रशिक्षक धर्मराज पाध्याय लगायत महिला संजाल अपांगहरुको सहभागिता तालीम सञ्चालन गरिएको जिल्ला मुक्त हलिया समाजकि सामाजिक परिचालन जनसरी सार्कीले बताए।























