शिक्षा

पर्वतको बिहादी गाउँपालिकामा शैक्षिक् सामाग्री हस्तान्तरण

अमृत भट्टराई
२०८१ साउन २९ | बिहान ०६:०४ बजे

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा शैक्षिक् सामाग्री हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । पर्बत समाज यु.के को आर्थिक सहयोग र बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको समन्वयमा बिहादी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयका ११५ जना बिपन्न,गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङको अध्यक्षता संचालन भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य  रेखा गुरुङ प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय पर्बत समाजका बरिस्ठ उपाध्यक्ष एंब पर्बत समाज यु.के.का भुतपुर्ब अध्यक्ष दधि आचार्य  नि.प्रमुख प्रशासकीय अधिकृत भिम नेपाली गाउँपालिका कार्यालयका कर्मचारी, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, विद्यालयका प्र.अ. एंब शिक्षक प्रतिनिधि र विद्यार्थीहरु को उपस्थिति रहेको थियो कार्यक्रम बिहादी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ भने कार्यक्रम को संचालन बिहादी गाउँपालिका रोजगार शाखा प्रमुख तथा सुचना अधिकृत हिमलाल गिरी पारसले गर्नुभएको थियो

कमेन्टहरु