दुर्घटना

बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

नवलपुर टुडे
२०८१ साउन २८ | मध्यान्ह १२:०४ बजे

बुटवल । बुटवल बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय अंकित पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले बताए ।

सोमबार बिहान ४:५५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र उत्तरतिरबाट पश्चिमतर्फ नै जाँदै गरेको लु ८५ प ३३१३ नम्बरको स्कुटर बेलबास चोकमा एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहान ५:२५ मा मृत्यु भएको प्रहरी प्रमुख पण्डितले बताए ।

त्यस्तै दुर्घटनामा परी अंकित पाठककी ४२ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छन्। उनको आइसीयुमा उपचार भइरहेको छ । साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा-४ का १८ वर्षीय सागर थारु समेत घाइते रहेकाले उनको पनि उपचार भइरहेको छ 

कमेन्टहरु