तस्कर

रुपन्देहीबाट २५ लाख बराबरको अबैध सामान नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन २८ | बिहान ०७:०४ बजे

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली ल्याएको विभिन्न अबैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरेर ल्याएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद सामानहरु टिसर्ट १०५ वटा, साडी- ६६ वटा, सुट ६३ वटा, कुर्था २२ वटा, लेडिज चप्पल २७ जोर, चिनी ३ बोरा, पर्दा, सल, प्लाजि सुरवाल लगायतका कपडाहरु, बोईलर कुखुरा ३२ वटा र लु ६ प ५०४६ नम्बरको मोटरसाईकल १ थान रहेको सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिएको छ ।

नियन्त्रणमा लिएको विभिन्न अबैध सामानको अन्दाजी मुल्य रु.२,५०,४००।- बरावरको रहेको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।

कमेन्टहरु