यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ ।
साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।


गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक

बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो















