नवलपुरमा साईकलबाट लडि महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन २७ | मध्यान्ह ०७:०४ बजे

नवलपुर, साउन २७ । नवलपुरमा साईकल साईकल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो मध्यबिन्दु नगरपालिका- मदनपुरस्थित भित्रि सडकखण्डमा मदनपुरबाट शेरी तर्फ जाँदै गरेको साईकल यात्री मध्यबिन्दु नगरपालिका- २ बस्ने वर्ष ४८ की राम कुमारी महतोको मृत्यु भएको छ ।
उनले आफू चड्ने साइकल नियन्त्रण गुमाई सडकमा पल्टिन जाँदा घाटीमा चोट लागि घाईते भई मध्यबिन्दु नगर अस्पताल चोरमारामा सामन्य उपचार पश्चात थप उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगेकोमा उपचारको क्रममा उनको आज दिउँसो २:२२ बजे मृत्यु भएको कार्यालयका सुचना अधिकारी एवम डीएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।
प्रहरी पश्चात् प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको पौडेलले बताए ।























