कृष्णनगरबाट ६ लाखको अबैध कपडा नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन २७ | मध्यान्ह ०७:०४ बजे

कृष्णनगर, साउन २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- २ बैंक रोडबाट ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
भन्सार छली गरी ल्याएको कपडा वेवारिसे अवस्थामा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको बताए ।


















