दुईवर्षसम्म बाढीले क्षती गरेको पुलको मर्मत नहुँदाको आवतजावतमा समस्या

रासस
29

सारांश
पोखरा, साउन २७ । दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताउनुभयो । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो ।
संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गर्नुभयो । यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उहाँले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताउनुभयो ।
पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट रु ३२ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उहाँले बताउनुभयो ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
२०८३ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति
२०८३ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो
२०८३ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन
२०८३ अशोज २३ | मध्यान्ह ०२:०६ बजे

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
२०८३ अशोज २३ | मध्यान्ह ०२:०६ बजे
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो
२०८३ अशोज २३ | मध्यान्ह १२:०६ बजे

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ अशोज २३ | मध्यान्ह १२:०६ बजे

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो
२०८३ अशोज २३ | मध्यान्ह १२:०६ बजे

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
२०८३ अशोज २३ | मध्यान्ह १२:०६ बजे











