यातायात

पहिरोले कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट- बुलिङटार सडक खण्ड अवरुद्ध

नवलपुर टुडे
२०८१ साउन २७ | बिहान ०९:०४ बजे

 

नवलपुर । अबिरल बर्षासंगै पहिरो खसेपछि कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैंडाकोट- बुलिङटार मा सडक खण्ड अवरुद्ध भएको छ । पहिलाले गैंडाकोट नगरपालिका- ३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिराले सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोर अन्तरगत गैंडाकोट हुदै जाने बुलिङटार, डेढ्गाउँ र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार पहिरो हटाउनका सडक बिभाग र स्थानीयसंग समन्वय भइरहेको बताए । सो क्षेत्रमा वर्षा भईरहेकोले वर्षा रोकिएपछि पहिरो हटाइने भएकाले कालीगण्डकी करिडोर भएर आवातजावत गर्ने स्थानीयहरुलाई कल्पिक मार्ग प्रयोग गर्न पौडेलले अनुरोध गरेको छ ।

कमेन्टहरु