देश

भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आउँदै

नवलपुर टुडे
२०८१ साउन २७ | बिहान ०६:०४ बजे

नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयद्वारा शुक्रवार दिइएको जानकारीअनुसार विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भेटघाटको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुनुका साथै नयाँ परियोजनाहरू अघि बढिरहेको भन्दै भारतीय विदेश मन्त्रालयले यसबाट पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको पनि दाबी गरेको छ । ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ,’ मन्त्रालयद्वारा जारी जानकारीमा भनिएको छ ।

 
 

कमेन्टहरु