मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग (विज्ञप्ति सहित)

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह ०६:०३ बजे

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ ।
मन्त्री श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारमाथि घरबेटी सरस्वती प्रधानले जातका आधारमा घर भाडामा नदिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । प’क्राउ परेकी प्रधानलाई जेलबाट छुटाउन मन्त्री श्रेष्ठ आफैँ गाडी लिएर पुगेका थिए ।
मोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेका बेला मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो ।






















