सादा पोसाकको प्रहरी भन्दै रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ

नवलपुर टुडे
२०८१ साउन २४ | बिहान ०९:०४ बजे

रौतहट, साउन २४ । रौतहटबाट सादा पोसाक भन्दै रकम असुली गर्दै हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन । पक्राउ पर्नेमा माधवनाराण नगरपालिका- १ बस्ने रामवली साहको छोरा बर्ष २४ को रमेश साह रहेको छ ।
उनले सर्बसाधारण ब्यक्तिहरुसंग नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्न खोज्ने, विभिन्न ब्यक्तिहरुको शरीर खानतलासीसमेत गरेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरिएको सुचना अधिकारी एलिजा गिरीले जानकारी दिएको छ ।
उनलाई चन्द्रपुर नगरपालिका- ९ डुमरिया चोकस्थित शंका लागि चेकजांच गर्दा उनको झोला भित्र सशस्त्र प्रहरी बलको पोशाक फेला पारी पक्राउ गरी अनुसन्धान अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको गिरीले बताईन ।
























