भारतले जित्यो काभा महिला भलिबलको उपाधि

नवलपुर टुडे
२०८१ साउन २३ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । काभा महिला नेसन्स लिगमा भारतसंग पराजित हुँदै नेपाल उपाधि जित्न असफल भएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा नेपाल भारतसंग ३ – २ सेटले पराजित हुँदै उपाधि जित्न असफल भएको हो ।
नेपालले पहिलो र तेस्रो तथा भारतले दोस्रो र चौथो सेट जितेपछि पाँचौ सेटमा खेलको निर्णय भएको हो ।
पाँचौ सेटमा नेपालले कमजोर प्रर्दशन गर्दै १५- ५ले हार्न पुग्यो र उपाधि चुम्ने चाहना अधुरै भयो । यही खेलमा नेपालले लिग चरणमा भने भारतलाई ३ -२ हराएको थियो ।
यसअघि सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलमा पनि भारतबिरुद्ध जितको नजिक पुगेर नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो। अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।























