सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले पत्रकारलाई दुव्र्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण


राजविराज, साउन २२ । सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले समाचार संकलनमा गएका पत्रकारलाई अवरोध गर्दै उपकरण खोस्ने, कोठामा थुन्ने र दुरव्र्यहार गर्ने कार्य भएको घटनाप्रति पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ ।
गाउँपालिकामा विभिन्न माग राखी स्थानीयवासिन्दा र पालिकाका बहुमत जनप्रतिनिधि संयुक्त रुपमा चरणबद्ध आन्दोलन गर्दै आएको समाचार संकलनका लागि पुगेका महासंघका सचिव एवं कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता आरएन विश्वास, महासंघका कोषाध्यक्ष नवीन कुमार गुप्ता, महासंघका सदस्य विद्यानन्द राम लगायतलाई पालिका अध्यक्ष ओमप्रकाश मण्डलको प्रत्यक्ष संलग्नतामा समाचार संकलनमा अवरोध पु¥याउने, समाचार उपकरण खोस्ने, कोठामा थुन्ने र दुरव्र्यहार गर्ने कार्य भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको महासंघ अध्यक्ष श्रवण कुमार देवद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
घटनाको घोर भत्र्सना र निन्दा गर्दै दोषिलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन् । सार्वजनिक ओहदामा पुगेपछि त्यसको मार्यादा राख्नु जोसुकैको पदीय दायित्व यस्ता घटना निनत्य भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष मण्डल प्रेस बिरोधी गतिबिधीका साथै तानाशाही ब्यबहार देखाएको जारी विज्ञप्तीमा भनेको छ । अध्यक्ष जस्तो पदमा बसेका व्यक्तिद्वारा कानुनले बन्देज गरेको कार्य गरिनु अत्यन्त आपत्तिजनक र अशोभनीय कार्य रहेकाले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई अविलम्ब कडा कारवाही गर्न विज्ञप्तीमा मार्फ माग गरिएको छ ।























