तस्कर

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट

नन्द किशोर कुर्मी (लालु)
२०८१ साउन २२ | मध्यान्ह ०५:०४ बजे

विजयनगर । कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ। जिल्लाको विजयनगर वडा नम्बर- ७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो।

बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठाइएको छ। नेपालमा कुखुराको मूल्य बढेपछि तस्करहरूले भारतीय कुखुरा र चल्ला अवैध बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन्।

कमेन्टहरु