घटना, मधेश प्रदेश, समाचार, समाज

सप्तरीको छिन्नमस्तामा धान खेतमा एक जनाको शव फेला

राम नारायण
२०८१ साउन २२ | बिहान १०:०४ बजे

राजविराज, २२ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ ।
राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षिय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अुनसार घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए । शव फेला परेका कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा भठामा मुन्सीको रूपमा काम गर्दै आइरहेको जनाइएको छ ।

कमेन्टहरु