आत्महत्या गर्न नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्दार

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह ०१:०३ बजे

असिम कामु मगर
बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हाम फालेर आत्महत्या गर्न लागेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ ।
बिहीबार दिउँसो ४ः३० बजे भादा नदिमा महिलाले हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ४० वर्षीया जलदैया थारुलाई सकुशल उद्दार गरेको हो ।
प्रहरीले बग्दै गरेको अवस्थामा उनको सकुशल उद्दार गरी बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
ऊनी भारतको बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी स्थानीय बासिन्दा भएको प्रहरीले बताए । उनलाई उपचारपछि श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।























