देश

डा : शशांक कोइराला निवासमा निधि र सिंह भेटवार्ता

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता सुरु भएको छ ।

पछिल्लो समय यी तीन नेताले निधि निवासमा भेटवार्ता गरेका थिए । आसन्न कांग्रेसको १४ औं महाधिवेशनमा तीन नेता मिलेर अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।

यी तीन नेताले आगामी महाधिवेशनमा मिलेर जाने बताउँदै आएका छन् । निधिले सभापतिमा उठ्नेगरि तयारी थालेका छन् ।

कमेन्टहरु