समाज

नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

नवलपुर टुडे
२०८१ साउन २० | मध्यान्ह ०५:०४ बजे
महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। 

ऊर्जा मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले दुवै जनालाई ऊर्जा क्षेत्रको विज्ञका रुपमा २ नयाँ सञ्चालक नियुक्त गरिएको नेपालखबरलाई जानकारी दिए।  ‘महेन्द्र गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुनुहुन्थ्यो। उहाँलाई उपभोक्ता समूहबाट सदस्यमा नियुक्त गरिएको छ’, उनले भने, ‘देवेन्द्र कार्की पूर्वऊर्जासचिव हुनुहुन्छ। उहाँलाई ऊर्जा विज्ञका रुपमा नियुक्त गरिएको हो।’ मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो। 

प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए। सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो। उनीहरु पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो। 

नवनियुक्त सञ्चालक गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्वऊर्जासचिव हुन्। 

कमेन्टहरु