कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवलपुर टुडे
२०८१ साउन २० | मध्यान्ह ०२:०४ बजे

सुर्खेत, साउन २० । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् ।























