देश

सेती प्रादेशिक अस्पताल धनगढीमा तिम्ल्याहा शिशुको जन्म

नवलपुर टुडे
२०७७ भदौ १६ | मध्यान्ह १२:०५ बजे

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणिकी २५ वर्षीया राजमती रानाले सोमवार तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् ।​ सेती प्रादेशिक अस्पताल धनगढीमा रानाले तीन छोरीहरूलाई जन्म दिएकी हुन‌।

गर्भवती भएको सात महिनामै रानाको कोखबाट तिम्ल्याहा छोरी जन्मिएका हुन्‌‌ ।​​ स्त्री तथा प्रसूती रोग विभागका प्रमुख डा.खगेन्द्र भट्ट सहितको टोलीले राजमती रानाको शल्यक्रिया गरी तिम्ल्याहा शिशुलाई आमाको कोखबाट निकालेका हुन्‌ ।

डा.भट्टका अनुसार तीनवटै छोरीको तौल क्रमश १४ सय, १२ सय ५० र १२ सय ग्राम रहेको छ‌​ नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु