लुम्बिनी प्रदेश

बुटवलबाट महराले हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय चेतनारायण आर्चायले ब्यूँताए

नवलपुर टुडे
२०८१ साउन २० | बिहान ०८:०४ बजे

यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा सम्पर्क कार्यालय आवश्यक नभएको भन्दै हटाएका थिए। २०७४ सालमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको निवास रहेको भवनमा बुटवलबाट राजधानी दाङ सारीएपछि मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको थियो ।मुख्यमन्त्री बुटवल आउँदा सचिवालय र सुरक्षा टोलीसहित होटलमा बस्नुपर्ने र खर्च पनि धेरै लाग्ने भएकाले सम्पर्क कार्यालय राखिएको बताइएको छ। सम्पर्क कार्यालयमा सचिवालयका एक जना कार्मचारी रहनेछन्।

मुख्यमन्त्री आर्चायले प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका केही कार्यालय तथा निर्देशनालय बुटवलमा रहेकाले कार्यसम्पादनमा सहजता ल्याउन सम्पर्क कार्यालय राखिएको बताए। हरेक शुक्रबार आफु बुटवल आउने र आइतबार बिहानसम्म बुटवलबाटै यस क्षेत्रका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाइएको मुख्यमन्त्री आर्चायले बताए।

मुख्यमन्त्रीको अनुपस्थितमा सचिवालयका कर्मचारीमार्फत आवश्यक काम तथा सहजीकरणको व्यवस्था गरीने बताइएको छ।

कमेन्टहरु