सशस्त्र प्रहरीद्वारा ३३ लाख बराबरको अबैध आईफोन नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन १९ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन १९ । पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले भारतबाट लुकाई छिपाई, चोरी निकासी पैठारी गरी मोटरसाइकलमा ल्याईरहेको विभिन्न ब्राण्डका ४० पिस आईफोन र पोको फोन ४८ पिस नियन्त्रणमा लिएको छ ।
शनिबार सरावल गाउँपालिका- ४ बडसेरामा सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देखि युपि ५६ एजेडओ ७९० नम्बरको मोटरसाइकलमै बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको २६ नम्बर गढ नवलपरासीका प्रमुख एवम प्रहरी उपरीक्षक प्रकाश वाक्लेले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
बरामद फोनको अन्दाजी मुल्य ३३ लाख बराबरको रहेको छ । उक्त बरामद फोन र मोटरसाइकल थप कारबाहीका लागि भन्सार कार्यालय महेशपुरमा बुझाएको र फरार मोटरसाइकल चालकलाई खोजी कार्य भईरहेको वाक्लेले बताए ।























