प्रहरी नायब निरीक्षक तुरहानै तस्करीको मालसमान संरक्षण गर्दै, माथिल्लो निकाय मुखदर्शक


वीरगंज, साउन १९ । बाराको बलिरामपुर नाकाबाट रजनिगन्धा तस्करीको कुख्यात तस्कर तार्केश्वरले तस्करीको लाइन पाएको बारे व्यापक चर्चाको बिषय बनेको छ । प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको नजिक मानिएका तार्केश्वर भनिने तस्करले रजनिगन्धा तस्करीको लाइन पाएको बारे व्यापक चर्चाको बिषय बनेको हो ।
प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहा र एक जना आफुलाइ पर्सा जिल्लाका पत्रकार बताउनेको सहयोग र सहकार्यमा बलिरामपुर नाकाबाट रजनिगन्धाको तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । बाराको बलिरामपुर नाकाबाट अबैध तरिकाले रजनिगन्धा तुल्सीको तस्करी हुने गरेको पाइएको हो । तार्केश्वर नामक तस्करले मासिक रूपमै स्थानीय प्रहरी प्रशासनलाई रकम बुझाए पश्चात् सजिलै पर्सा जिल्लाको बिरगंजसम्म रजनिगन्धा पुर्याउन सफल भएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले शान्ती सुरक्षा लगायत तस्करी नियन्त्रण भएको दाबी गरेपनी उहाकै कर्मचारीहरू धज्जी उडाउदै तस्करी गराउन सफल भएका छन । बिचौलिया पत्रकार र भ्रष्ट प्रहरीका कारण तस्करी नियन्त्रण गर्न नसकिएपनी नियन्त्रण भएको दाबी गर्ने प्रहरी प्रमुखको आदेश माथी नै प्रश्न चिन्ह खडा भएको देखिन्छ ।
प्रहरी उपरीक्षक महेन्द्र खडकाले बलिरामपुर नाकाबाट हुने चोरी तस्करी नियन्त्रण गर्न नसकेका प्रहरी नायब निरीक्षक तुरहालाइ दुई दुई पटक पेशमा बोलाएपनी भोजपुरी उख्खान उढरी कहियो ना सुधरी झै बनेका छन । बारा र पर्सा जिल्लामा रजनिगन्धा तस्करी धन्दाका नामुद तस्कर तार्केश्वरले आफ्नो अबैध धन्दा चालू नै राखिएको एक भिडियो क्लिपले प्रष्ट पारेको छ ।























