समाज

सौर्यका पाइलट आज डिस्चार्ज हुँदै, प्राधिकरणले लगायो उनलाई बोल्न रोक

नवलपुर टुडे
२०८१ साउन १७ | मध्यान्ह ०३:०४ बजे

बिहीबार पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा। मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन्।

यसैबिच शाक्यले आज अस्पतालमै गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको बताइएको छ। उनलाई नागरिक उड्डयन प्राधिकरणले बोल्न रोक लगाएको कारण पत्रकार सम्मेलन रोकिएको बताइएको छ।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो।

कमेन्टहरु