रुपन्देहीबाट अबैध सामान र पिकअप गाडिसहित चालक नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह ०६:०४ बजे

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याएको अबैध सामान र पिकअप गाडीसहित पिकअप गाडिसहित पिकअप चालक भरतपुर महानगरपालिका वडा नं. २८ बस्ने बर्ष २५ को संदिप कुमाललाई नियन्त्रणमा लिएको छ ।
उनलाई बुधबार साझ ५:३० बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोकबाट ना ४ च ९६२९ नम्बरको पिकअप गाडीलाई शंकालागी रोकी चेकजाँच गर्दा गाडिमा साडी, कुर्ता सुरवाल, बेड सिट, सोफा कभर र ल्यापटप लगाएका १३ पोका सामान फेला पारी नियन्त्रणमा लिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले बताए ।
सो सामानसहित पिकअप गाडिसहितको अन्दाजी मुल्य रु.९,८५,६८०/- वराबरको रहेको छ । सामान, पिकअपसहित चालकलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाएको खनालले जानकारी दिए ।























