घटना

नवलपरासी पश्चिमसहित देशका विभिन्न स्थानमा ९ जना मृत फेला

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह १२:०४ बजे

नवलपरासी । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीय सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी नवलपरासी पश्चिम, सरावल गाउँपालिका–४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यता काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी  मृत अवस्थामा फेला परेका छन् । 

उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका(६ मोहनपुर बस्ने ३२ वर्षीय जीवन गुरागाई मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

जाजरकोट, भेरी नगरपालिका–२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका–५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

दोलखा, भिमेश्वर नगरपालिका–६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका–१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका–१४ विक्रम बस्ने ७१ वर्षीय जुद्ध बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाही, पर्सा गाउँपालिका–५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

कमेन्टहरु