तस्कर

रौतहटबाट अवैध सोफी रक्सी र मोटरसाईकल नियन्त्रणमा(भिडियोसहित)

नवलपुर टुडे
२०८१ साउन १३ | मध्यान्ह ०७:०४ बजे

रौतहट, साउन १३ । रौतहट प्रहरीले अबैध सोफी रक्सीसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । आईतबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले अबैध सोफी रक्सीसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरीले ईशनाथ नगरपालिका वडा नं. २ स्थित
सार्बजनिक सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बिआर ०५ एम ६८८१ र बिआए ०५ एफ ०७९९ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालकहरु मोटरसाईकल सोही स्थानमा छाडी भागे थिए ।

सो मोटरसाइकलको सिटभित्र र तेल ट्याङ्कीको मुनि लुकाई छिपाई राखेको २५० मि.लि. को १७५ बोत्तल सोफी रक्सी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन ।

नियन्त्रणमा लिएको अबैध सोफी रक्सी र मोटरसाईकल आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व कार्यालय रौतहट गौरमा दाखिला गरिएको गिरीले बताईन ।

कमेन्टहरु