रुपन्देही प्रहरीद्वारा करिब ६ लाखको अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ साउन १३ | मध्यान्ह ०४:०४ बजे

भैरहवा, साउन १३ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले शनिबार र आइतबार भारतबाट अबैधरुपमा भन्सार छली चोरी/ निकासी पैठारी गरी ल्याएको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएको सामान चिनी ६१ बोरा (३,०५० के.जी.), प्याज ४ बोरा (२०० के.जी.), साडी १२५ पिस, कुर्था सुरुवाल ११७ पिस, लेगिज ४४ पिस, चुन्नी:- १३ पिस, एयेरबोर्ड ९ पिस र तरकारी तथा फलफुल रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।
उक्त सामानको अन्दाजी मुल्य रु.५,९७,८००।- बरावरको रहेको छ । सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको खनालले बताए ।























