बाढी/पहिरो

गोरखाको धार्चेमा पहिरो, ३ जना बेपत्ता, २ जनाको जीवितै उद्धार

नवलपुर टुडे
२०८१ साउन १३ | बिहान ०८:०४ बजे
फाइल तस्बिर

गोरखा । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् ।

धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ३ जना अझै पहिरोमै छन् । ‘एउटा गोठ हो । अर्को घर कि पसल भन्ने खुलेको छैन,’ उनले भने, ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’ माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

‘घटना भएको थाहा पाएपछि टोली परिचालन भएको छ,’ उनले भने, ‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउँछ ।’

 

कमेन्टहरु