घटना

बुटवलको तिनाउ नदीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता

नवलपुर टुडे
२०८१ साउन १२ | बिहान ०९:०४ बजे
फाइल तस्बिर

बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक जना बालकको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता भएका छन्। शुक्रबार साँझ ६ बजे तिनाउ नदीमा पौडी खेल्न गएको बेला बाग्लुङको बरेङ गाउँपालिका ४ का १२ वर्षीय विवश खत्रीलाई बगाएको थियो।

उनको मगरघाट नजिक शव फेला परेको बुटवल उपमहानगरपालिका ११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए। सैनामैना नगरपालिका ८ का बिप्रन पाण्डेको खोजी कार्य जारी रहेको उनले बताए।

मृतक खत्री आमासँग सानीआमाको घरमा आएका थिए। पौडी खेल्न तीन जना बालकहरू गएका थिए। 

कमेन्टहरु