स्वास्थ्य

जिप्रका नवलपरासी परिसरमा एकदिने आँखा शिविर सम्पन्न

नवलपुर टुडे
२०८१ साउन ११ | मध्यान्ह ०६:०४ बजे

परासी, साउन ११ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको परिसरमा एकदिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । डा. विनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविर कार्यक्रम प्रहरी कर्मचारीहरु लक्षित गरी आयोजना गरिएको हो । प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित शिविरमा डा. विनोद निता कंडेल आँखा अस्पताल परासीबाट OAS राधिका यादव ज्यूको नेतृत्वमा ५ जनाको प्राविधिक टोलीले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ७३ जना प्रहरी कर्मचारीहरुको आँखा परिक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

घामपानि लगायत प्रतिकुल परिस्थितिमा समेत नागरिक सेवामा अहोरात्र खटिनु पर्ने प्रहरी कर्मचारीहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन गरिएको शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई समयमा उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको थियो ।

कमेन्टहरु