घटना

चितवनको सिद्धिमा खोलाले बगाउँदा १ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ११ | बिहान ०८:०४ बजे

चितवन । खोलाले बगाउँदा चितवनको कालिका नगरपालिका-१० सिद्धिमा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सात बजे कालिका-१० सिद्धिको देउजर सिइकराङका ३३ वर्षीय गम्भीर चेपाङ खोलामा बगेका थिए । खोजतलासका क्रममा शुक्ररबार बिहान सवा छ बजेतिर उनको शव भेटिएको हो ।

घटनास्थलमा रहेका कालिका नगरपालिकाका मेयर विनोद रेग्मीका अनुसार सिद्धि तीनदोभान बजारबाट घर फर्कन लागेका गम्भीर कयरखोला तर्ने क्रममा बगेका थिए । स्थानीयका साथै प्रहरी र नेपाली सेनाको सिंहनाथ गणले हिजो राति अबेलासम्म खोजतलास गरेको थियो ।

शुक्रबार बिहान घटनास्थलदेखि लगभग डेढ किलोमिटर तल निबुवाटारमा गम्भीरको शव फेला परेको मेयर विनोद रेग्मीले बताए । आदिवासी चेपाङ बहुल चितवनको पहाडी क्षेत्र सिद्धिका खहरे खोलाहरूमा झोलुङ्गे पुलसम्म नहुँदा बर्खायाममा आउजाउका लागि स्थानीयले कष्ट उठाउँदै आएका छन् ।

 

कमेन्टहरु