खेलकुद

एसिया कप खेलेर फर्कियो नेपाली महिला क्रिकेट टोली

नवलपुर टुडे
२०८१ साउन १० | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ । एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली फर्किएको छ । श्रीलंकामा भएको एसिया कप खेलेर नेपाली टोली बिहीबार दिउँसो काठमाडौं फर्किएको हो । 

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भयो ।

नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो । सन् २०१२ र २०१६ मा ट्वान्टी–२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सबै ८ खेलमा पराजित भएको थियो ।

photo 2024 07 25 14 07 13

 

कमेन्टहरु