समाज

सुनवलस्थित सिरानटोलमा ओभरहेड टंकी निर्माणका योजना पार्ने पुर्व गृह राज्यमन्त्री कंडेलको प्रतिबद्धता

नवलपुर टुडे
२०८१ साउन ८ | मध्यान्ह ०८:०४ बजे

सुनवल, श्रावण ८ ।  सुनवल, श्रावण ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देबेन्द्रराज कंडेलद्वारा सुनवलस्थित लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको स्थलगत निरिक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा उक्त सस्थाको अध्यक्ष गुप्ताबहादुर केसीले सुनवल नगरपालिका वडा नम्बर ७ र ८ का स्थानीय जनतालाई सो खानेपानी टंङ्कीबाट स्थानीय जनतालाई नपुगेर धेरै समस्या रहेकोले अर्को खानेपानी टंङ्की निर्माण गरी दिर्घकालीन समस्याको समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री कंडेलसंग अपिल गर्नुभएको थियो ।

सो क्रममा कंडेलले सिरानटोलमा ओभरहेड टंकीको लागि आफूले सङ्घीय खानेपानी तथा खानेपानी मन्त्रीसंग भेटेर पहल गर्ने र योजना पार्ने प्रतिबद्धता गर्नुभयो ।

सो अस्थलगत निरिक्षण कार्यक्रममा सुनवल नगरपालिका- ८ नम्बरका वडाअध्यक्ष देवबहादुर गुरुङ, वडा सदस्यहरु मिरा खत्री, धोर्जे लामा, नेपाली कांग्रेस क्षेत्रीय सभापती माधव पाण्डे, क्षेत्रीय सचीव भरत पौडेल, सुनवल नगर सभापती सोमबहादुए रायमाझी, सामाजिक ब्यक्तित्व एवम देवकोटा क्याम्पसका ब्यबस्थापन अध्यक्ष कृष्ण प्रसाद लामिछाने, अन्य बुद्धिजीवी, सोही क्षेत्रका सरोकारवालाहरु उपस्थित रहेका थिए ।

photo 2024 07 23 20 05 50

कमेन्टहरु